तीन प्रदेशमा वर्षाको सम्भावना

डुडुवाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालगञ्ज।  बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित हुनुभएको डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडवरीले जानकारी दिनुभयो ।  चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाउनुभएको थियो । उपाध्यक्षमा कांग्रेसका साहिदा बानोले  निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोले चार हजार ७५४ मत पाउँदा एमालेका उम्मेदवारले चार हजार १५८ मत पाउनुभएको थियो । 

छवटा वडा रहेको सो गाउँपालिकामा एक वडा कांग्रेस, तीन वडा जसपा र दुई वडा एमालेले जितेको छ । यसअघि राप्ती सोनारी गाउँपालिका पनि कांग्रेसले जितेको थियो । बाँकेका ८१ वडामध्ये अहिलेसम्म ३३ वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले नौ, नेकपा (माओवादी केन्द्र)ले नौ, कांग्रेसले आठ, जसपाले पाँच र राप्रपाले दुई वडा जितेको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ०१ बजे