काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा अहिले बिहान १०:२० बजेसम्मको विवरण अनुसार ४ सय १६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ९३ नेकपा एमालेले १ सय १८ नेकपा माओवादी केन्द्रले ८० नेकपा एकीकृत समाजवादीले ७ र अन्यले १६ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ८१, नेकपा एमालेले १ सय २१, नेकपा माओवादी केन्द्रले ९० नेकपा एकीकृत समाजवादीले १३ र अन्यले ११ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
यसैगरी, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस १ हजार ९ सय २४ , नेकपा एमाले १ हजार ५ सय, नेकपा माओवादी केन्द्र ८ सय १३, जनता समाजवादी पार्टी १ सय ४५ र अन्य ४ सय८ गरी ४ हजार ७ सय ९० जना विजयी हुनुभएको आयोगले जनाएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १० : ४४ बजे
प्रतिक्रिया