आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस बिजयी

इलाम । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार केशव थापा  नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित हुनुभएको छ  ।

थापाले १३ हजार एक सय ६५ मत पाउँदा चेम्जुङले १० हजार पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ  । 

उपप्रमुखमा पनि नेपाली काँग्रेसले नै विजय हासिल गरेको छ । काँग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सिता रिजाललाई उपप्रमुखमा पराजित गर्नुभएको हो । दाहालको १३ हजार पाँच सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाउनुभयो ।

इलाम नगरपालिकामा २०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता काँग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन । २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित हुनुभएको थियो  । 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा शुसिला नेम्वाङ निर्वाचित हुनुभएको थियो  । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले दुवै पदमा जित हासिल गरेको हो । १२ वटा वडा रहेको इलाम नगरपालिकामा काँग्रेसले नौ वटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले तीन वटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष तिजेको छ भने बाँकी सबै वडाध्यक्ष काँग्रेसले जितेको छ ।

 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ०६ बजे