आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पोखरामा गणना ढिलो भएपछि मतगणना स्थल थप

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे« गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।

वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ । 

वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मत मात्र गणना गरिएको छ ।

पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ । मतगणना सुस्त गतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुई वटा गणना स्थल थप गरेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मङ्गलवार रातिदेखि दुई मतगणना स्थल थप गरिएको हो ।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणना स्थलको १० सर्कलबाट भइरहेकामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणना स्थल थप गरिएको हो । गणना स्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ । 

पोखरामा अहिलेसम्म ३१ मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का कृष्णबहादुर थापाको ११ हजार १५० मत छ । 

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १३ हजार २३३ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका मञ्जु देवी गुरुङको १२ हजार ७२८ मत छ । रासस 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ३५ बजे