आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नवलपरासीको देवचुली नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित हुनुभएको हो । 

१२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित हुनुभएका न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मत मात्रै प्राप्त गर्नुभयो । अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो ।

त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गर्नुभयो । 

अहिले नगर उपप्रमुखमा निर्वाचित तिवारी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा समेत नगर उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । 

१७ वटा वडा रहेको देवचुली नगरपालिकामा ११ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने छ वटा वडामा काँग्रेसले वडाध्यक्ष जितेको छ ।

यहाँ यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नगरप्रमुख कांंग्रेसका उम्मेदवारले जितेका थिए । यस पटक नवलपुरमा काँग्रेसले योसहित तीन स्थानमा आफ्नो पकड गुमाएको छ । 

यसअघि प्रमुख अध्यक्ष पद जितेको बौँदीकाली, हुप्सेकोट, बुलिङटार र देवचुली नगरपालिकाको अन्तिम मत परिणाम आउँदा काँग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र आफ्नो विरासत जोगाउन सकेको हो । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ०८ बजे