आन्तरिक हवाई उडानमा अत्यधिक चाप

३९५ पालिकाको नतिजा : काँग्रेस १८३, नेकपा एमाले १११, माओवादी ७७ स्थानमा विजयी

​​​​​​​काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ३ सय ९५ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ८३, नेकपा एमालेले १ सय ११, नेकपा माओवादी केन्द्रले ७७ नेकपा एकीकृत समाजवादीले ६ र अन्यले १५ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले १ सय ७४, नेकपा एमालेले १ सय १२, नेकपा माओवादी केन्द्रले ८४ नेकपा एकीकृत समाजवादीले १२ र अन्यले ११ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा विजय हासिल गरेका छन् । 

यसैगरी, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस १ हजार ८ सय७४ , नेकपा एमाले १  हजार ४ सय ६४ , नेकपा माओवादी केन्द्र ७ सय ९१  , जनता समाजवादी पार्टी  १  सय ४१  र अन्य  ३  सय ९३  गरी ४  हजार  ६  सय ६३ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ५४ बजे