तीन प्रदेशमा वर्षाको सम्भावना

कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

झापा । झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली काँग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । 

पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बन्नुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गर्नुभएको छ । उहाँले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गर्नुभएको हो । मञ्जु यसअघि नगर उपप्रमुख हुनुहुन्थ्यो । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०५ बजे