तीन प्रदेशमा वर्षाको सम्भावना

भरतपुरमा एमालेले घटायो मतान्तर

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले सत्ता गठबन्धनसँगको मतान्तर घटाएको छ। २१ हजार ६९३ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धन र एमालेबीचको मतान्तर ३३७ मा झरेको छ।

यसअघि २० हजार ८८ मत गणना हुँदा गठबन्धकी साझा उम्मेदवार रेनु दाहालको मतान्तर ३४६ पुगेको थियो। उनीले ७ हजार ३९४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी विजय सुवेदीले ७ हजार ५७ मत पाएका छन्।

गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९५६ मत र उनका निकटतम् प्रतिद्वन्द्वी हिमला गुरुङले ५ हजार ८३० मत पाएका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : २७ बजे