तीन प्रदेशमा वर्षाको सम्भावना

हालसम्म  कांग्रेस १५० र एमाले १०० स्थानमा विजयी : कस्को अग्रता कती ?

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले क्रमश स् १ सय ५० र १००स्थानीय तहको प्रमुखमा जित हासिल गरेका छन् । 

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले ७६ स्थानीय तहको प्रमुख जितेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले ४, राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन् । त्यसैगरी जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ ।

आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसका प्रमुख पदका १ सय ५७ जना उम्मेदवारले मतगणनामा अग्रता लिएका छन् भने एमालेको ९३ जना उम्मेदवार अघि रहेका छन् । त्यसैगरी नेकपा मा‌ओवादी केन्द्र ४१, एकीकृत समाजवादीका १५ उम्मेदवार मतगणना लिड गरिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले १ सय ४८ स्थानीय तहको उप प्रमुख जितेको छ भने एमालेले ९९ स्थान जितेको छ । माओवादी केन्द्रले ७६, नेकपा एकीकृत समाजवादीले १०, अन्यले ५, जनता समाजवादी पार्टी ४ स्थानीय तहका उप प्रमुखमा जीत हासिल गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ०६ बजे