तीन प्रदेशमा वर्षाको सम्भावना

इन्द्रावती गाउँपालिकामा एमाले विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ मत ल्याई विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामा ६ हजार १५२ र उपाध्यक्ष दयाकुमारी मिश्रले ६ हजार ४६३ मत ल्याउनुभयो । 
निर्वाचित नेपाल नेकपा एमालेका निर्वतमान अध्यक्ष हुनुहुन्छ  भने लामा कांग्रेसका पूर्व जिल्ला सभापति हुनुहुन्छ । । माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत ल्याउनुभयो । 

अघिल्लो ०७४ स्थानीय तह निर्वाचनमा कांग्रेसका वंशलाल तामाङसँग केही मतले हार्नुभएका  नेपाल यसपटक यही पदमा दोहोरिएर उठ्नुभएको थियो । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : ०० बजे