तीन प्रदेशमा वर्षाको सम्भावना

बाराको परवानीपुरमा एमाले विजयी 

बारा । बाराको परवानीपुर गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद  जितेको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा राम क्षेत्री पटेलले निकटतम लोसपाका जगतनारायण महतोलाई ४ सय ७४ मतले पराजित गर्नुभएको हो ।

राम क्षेत्रीले २ हजार ९ सय १७ मत प्राप्त गर्नुभयो  भने जगत नारायणले २ हजार ४ सय ४३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै सुगन्धी देवी कनुइनले निकटतम लोकतान्त्रिक समाजवादी पार्टीकी सावित्री देवीलाई ८ सय ४५ मतले पराजित गर्नुभयो ।  सुगन्धीले ३ हजार २ सय ३२ मत र सावित्रीले २ हजार ३ सय ८७ मत प्राप्त गर्नुभयो । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : १९ बजे