सिन्धुलीको गोलन्जोरमा नेकपा एमाले विजयी 

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिको अध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेले विजय हासिल गरेको छ ।

गठबन्धनको उमेद्धार पुष्प बहादुर कार्कीलाई पछि पार्दै नेकपा एमालेका उमेद्धार शङ्करराज बराल गाउँपालिको अध्यक्षमा  विजयी बन्नुभएको हो । उहाँले ४७४४ मत ल्याएर विजय हासिल गर्नु भएको हो । उहाँको प्रति प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गठबन्धनका उमेद्धार पुष्प कार्कीले ४४६३ मत प्राप्त गर्नु भयो । 

उपाध्यक्षमा भने गठबन्धनकै उमेद्धार नेकपा माओवादी केन्द्रका ज्वाला प्रसाद न्यौपाने ४२४२ मतले विजय हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेकी ममता देवकोटा ३८३८ल्याएर पराजित हुनु भयो । 

गोलन्जोर गाउँपालिकाको १ ,३ नम्बर वडामा नेकपा माओवादी २,४ र ६ नम्बरमा नेपाली काँग्रेस ५ र ७ नम्बर वडामा नेकपा एमालेले जित हासिल गरेको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : १६ बजे