दैलेख। दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ ।
एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गर्नुभयो ।
प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गर्नुभएको छ । थापाले पाँच हजार ३५७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गर्नुभयो । उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार ४ : ०६ बजे
प्रतिक्रिया