‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुर्खेतको चिङगाडको अध्यक्षमा एमालेका जिसी विजयी

सुर्खेत । सुर्खेतको चिंङगाड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित हुनु भएको छ । उहाँ आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्मालाई १ सय २ मतले हराउँदै अध्यक्षमा निर्वाचिन हुनु भएको हो । जिसीले ३ हजार ३ सय ६४ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्वन्द्वी शर्माले ३ हजार २ सय ६२ मत प्राप्त गर्नु भयो ।  

उपाध्यक्ष पदमा समेत एमालेका मिनाकुमारी रोकाया ३ हजार ३ सय ५४ मत ल्याएर निर्वाचित हुनु भएको छ ,।  रोकायका प्रतिद्वन्द्वी मनमाया आचार्यले ३ हजार १ सय ९८ मत प्राप्त गर्नु भयो  । जिल्लाको सबै भन्दा कम मतदाता रहेको चिङगाडमा कुल १० हजार ७ सय २९ मध्ये ७ हजार २  सय ७५ मत खसेको थियो ।  

६ वटा मात्र वडा रहेको चिङगाड गाउँपालिकाको १, ४ र ५ वडाध्यक्षमा समेत एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ५९ बजे