तीन प्रदेशमा वर्षाको सम्भावना

ताप्लेजुङको पाथिभराको दुवै पदमा एमाले विजयी

विराटनगर । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा केशरकुमार सुब्बा २,८९८ मत ल्याई विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थेबेलाई २४ मतान्तरले पराजित गर्नुभएको हो ।  पराजित थेबेले २,८७४ मत ल्याउनुभएको छ । 

उपाध्यक्षमा रनमाया गुरुङ ३१८६ मतसहित विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका कुमाार सुब्बा १७९१ मत मात्र ल्याए । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ४७ बजे