तीन प्रदेशमा वर्षाको सम्भावना

सुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित

लमजुङ।  जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी हुनुभएको हो । 

उहाँले ६ हजार ६४१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गर्नुभएको सुन्दरबजारस्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । 

 त्यस्तै, नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी हुनुभएको छ । उहाँले पाँच हजार १८ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गर्नुभयो भने स्वतन्त्रका  द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकामा कूल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन् । नगरपालिकामा ११ वडा छन् । निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ४७ बजे