तीन प्रदेशमा वर्षाको सम्भावना

अछामको तुर्माखाँदमा एमाले विजयी

धनगढी । अछामको तुर्माखाँदा गाउापालिकामा नेकपा एमाले विजयी हुनुभएको  छ । अध्यक्षमा विद्यार्थी नेता एमाले निकट अनेरास्ववियुका स्थायी कमिटी सदस्य डम्बरवहादुर बिसी ३ हजार ५२३ मत ल्याई विजयी हुनुभएको छ ।  

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर बुढालाई ३० मतान्तरले पराजित गर्नुभएको हो  । पराजित कर्णबहादुर बुढाले ३,४९३ मत ल्याउनु भएको छ । 

उपाध्यक्षमा पनि एमालेकै बिमलाकुमारी शाही ३ हजार ५०१ मतसहित विजयी हुनुभएको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ४२ बजे