तीन प्रदेशमा वर्षाको सम्भावना

सिरहाको विष्णुपुरमा एमालेका यादव र जसपाकी सिंह निर्वाचित

सिरहा । विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्य नारायण यादव र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)की गीता कुमारी सिंह निर्वाचित हुनुभएको छ ।  एमालेका यादवले जसपाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई ४१ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो  । 

विजयी यादवले २ हजार १ सय ५८ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका यादवले २ हजार १ सय १७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा भने जसपाकी गीता कुमारी सिंह निर्वाचित हुनुभयो । उहाँले २ हजार २ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला कुमारी यादवले जम्मा १ हजार ९ सय ६९ मत प्राप्त गर्नुभयो । 

पाँच वटा वडा रहेको विष्णुपुर गाउँपालिकामा वडा नम्बर २, ४ र ५ मा क्रमशः कांग्रेसका प्रमोद कुमार यादव, रामवावु यादव र जैनाथ महतो निर्वाचित हुनुभएकोे छ । बाँकी वडा नम्बर १ र ५ मा क्रमशः जनता समाजवादी पार्टीका भोगेन्द्र प्रसाद यादव र जय कुमार यादव निर्वाचित हुनुभएको छ । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ३३ बजे