तीन प्रदेशमा वर्षाको सम्भावना

कास्कीको मादीमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

पोखरा । मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित हुनुभएको छ ।  

मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८३४ मतान्तरले पराजित गर्नुभएको हो । । देवीजंगले  ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७५० मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित हुनुभएको छ  । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गर्नुभयो ।  कल्पनाले ५ हजार ८२८ र लालबहादुरले ५ हजार ६१६ मत प्राप्त गर्नुभयो । मादीमा ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : २८ बजे