‘एउटै नाउरको सिकार गर्न २३ लाख’

खप्तड छेडेदहमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

बाजुरा । बाजुरा(बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दलबहादुर रावत र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विशुदेवी नाथ विजयी हुनुभएको छ । 

एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गर्नुभएको हो । रावतले ३ हजार ७ सय ४७ मत पाउनु भयो भने बुढाले ३ हजार ५ सय ५८ मत पाउनुभयो । 

यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार विशुदेवी नाथले एमाले उम्मेदवार मनदेवी कुमारी खड्का (ओली) लाई पराजित गर्नुभएको छ  । नाथले ३ हजार ६ सय ४२ मत प्राप्त गर्नुभयो भने ओलीले ३ हजार ५ सय ९४ मत प्राप्त गर्नुभयो । खप्तड छेडेदह गाउँपालिका विगतमा काँग्रेसको गढ मानिदैं आएको क्षेत्र हो ।

७ वटा वडा रहेको यस गाउँपालिकामा काँग्रेसले ५ वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेको  भने एमालेले २ वटा वडामा जितेको छ ।  काँग्रेसले जितेको वडाध्यक्षहरूमा वडा नम्बर १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा बर्कीबहादुर रावत, ५ मा जीतबहादुर रावत, ६ मा हर्क विष्ट रहनुभएको छ । एमालेबाट वडा नम्बर ४ मा दलबहादुर धामी र ७ मा खगेन्द्रबहादुर रावत विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : २४ बजे