तीन प्रदेशमा वर्षाको सम्भावना

सिदिङ्वाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

फुङ्लिङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) एक मतले विजयी हुनुभयो ।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गर्नुुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उहाँहरुको ७०३ मतको मत अन्तर रहेको छ । 

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी हुनुभएको छ । कडरियाले दुई हजार  ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गर्नुभयो । कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उहाँ स्वतन्त्ररुपमा उम्मेदवार बन्नुभएको थियो ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ५३ बजे