तीन प्रदेशमा वर्षाको सम्भावना

गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

महोत्तरी । नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । 

बर्दिबास–३ मा  माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गर्नुभएको हो ।  पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो ।

निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी हुनुभएको हो । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गर्नुभएको छ ।

बर्दिबास–३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मत परिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा गुमाएको छ भने नेपाली काँग्रेसले दुई वडा गुमाएको छ ।  

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ०० बजे