तीन प्रदेशमा वर्षाको सम्भावना

पाँचखपन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

किमाथाङ्का। सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी  विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याउनुभएको छ । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुनुहुन्छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको छ । 

धर्मदेवी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी 

जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्दी कांग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याउनुभएको छ । पौडेल यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो  । 

उपप्रमुखमा  कांग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी  विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याउनुभएको छ ।  यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख कांग्रेसले जितेको थियो । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : २० बजे