तीन प्रदेशमा वर्षाको सम्भावना

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यान​​​​​​​।  सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त  विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गर्नुभएको छ । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । 

नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच  र माओवादी र  समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।

यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।

 यसैगरी उपाध्यक्षमा  माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी  विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका  भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गर्नुभएको छ । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी  र एक वडामा राप्रपा विजयी भएका छन् । 

दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी  र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : १३ बजे