काठमाडौँ । नेकपा एमालेले आज २९ औँ मदन आश्रित स्मृति दिवस मनाउँदै छ ।
आजकै दिन २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुसल सङ्गठक जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा नेकपा एमालेलेयो दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।
तस्बिर : आशिष पौडेल
प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार ९ : ५३ बजे
प्रतिक्रिया