तीन प्रदेशमा वर्षाको सम्भावना

गोरखामा पाँच पालिका र ७३ वडाको नतिजा सार्वजनिक

गोरखा । दुई नगरपालिका र ९ गाउँपालिका गरी ११ स्थानीय तह, ९४ वडा रहेको गोरखामा अहिलेसम्म पाँच पालिका र ७३ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । 

अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार माओवादी केन्द्रले बारपाक सुलिकोट, शहीद लखन, भीमसेन थापा, अजिरकोट गरी चार पालिकाको अध्यक्षमा विजय हात पारेको छ भने काँग्रेसले आरुघाट गाउँपालिकामा मात्रै विजय हासिल गर्न सकेको छ ।

यस्तै, मत परिणाम सार्वजनिक भएको ७३ वडामध्ये माओवादी केन्द्रले ३३, काँग्रेसले २७, एमालेले १०, जसपाले २ र स्वतन्त्र उम्मेदवारले १ वडाको नेतृत्व पाएका छन् । 

अहिले जिल्लाको धार्चे, गण्डकी, सिरानचोक गाउँपालिका र गोरखा, पालुङटार नगरपालिकामा मतगणना जारी छ भने उत्तरी गोरखाको चुमनुब्रीमा भने मतगणना सुरु हुन सकेको छैन ।

सर्वदलीय बैठकमा उक्त पालिकाका केही वडामा पुनः निर्वाचनको माग भएपछि गणना हुन नसकेको निर्वाचन अधिकृत नानीबाबु पोखरेल बताउनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : २५ बजे