तीन प्रदेशमा वर्षाको सम्भावना

आज २९ औं मदन-आश्रित स्मृति दिवस

काठमाडौं । आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रितको २९ औं स्मृति दिवस । जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा आफ्नो आदर्श नेता मान्ने नेकपा एमालेले विभिन्न कार्यक्रम गरी स्मरण गर्दै आएको छ ।

एमालेले मदन-आश्रित स्मृति दिवसको अवसरमा मंगलवार बिहान बल्खुमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त अवसर पारेर अध्यक्ष ओलीले मंगलवार बिहान बल्खुमा आयोजना हुने कार्यक्रममा निर्वाचनको बिषयमा आफ्नो धारणा राख्नुहुनेछ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गर्नुभएको थियो ।

२९ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

 

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : २६ बजे