तीन प्रदेशमा वर्षाको सम्भावना

पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यको मतान्तर बढ्दै

कास्की – स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको मतान्तर बढ्दै गएको छ ।

    महानगरको वडा नं १, २, ३, ४, १२, १३ २३, २४ र २५ को हालसम्म १३ हजार ८९७ मत गणनामा आचार्यले पाँच हजार ६९० मतसहित अग्रता बनाउनुभएको हो । उहाँका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले पाँच हजार ५० मत ल्याउनुभएको छ । महानगर प्रमुखमा ६४० मतान्तरले आचार्य अघि हुनुहुन्छ । 

    यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाट झिनो मतसहित अघि हुनहुुन्छ । रानाभाटले पाँच हजार ७१९ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको पाँच हजार ६८७ मत छ ।

    हालसम्म महानगरका तीन वडाको अन्तिम मत परिणाम सार्वजनिक भएकामा वडा नं १ मा एमाले र वडा नं २ र वडा नं १२ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । कास्कीमा पाँच पालिकामध्येमा हालसम्म रुपा र माछापुच्छ«ेको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

    रुपामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले र माछापुच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी गणना जारी रहेका अन्नपूर्ण र मादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ । 
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ३९ बजे