तीन प्रदेशमा वर्षाको सम्भावना

रसुवामा २६ वडाको मतगणना सकियो : एमाले र कांग्रेस १२/१२ मा विजयी

रसुवा – पाँच वटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् । जसमध्ये २६ वटा वडाको मतगणना सकिएको छ ।

उत्तरगया गाउँपालिकाको ५ वटा वडा, कालिका गाउँपालिकाको ५ वडा, गोसाईंकुण्ड गाउँपालिकाको ६ वडा, आमाछोदिङ्मो गाउँपालिकाको ५ वडा र नौकुण्ड गाउँपालिकाको ५ वडाको मतगणनाको नतिजा आइसकेको छ ।

जसमा एमालेले १२, कांग्रेसले १२ र माओवादीले दुई वडाध्यक्ष पद जितेको छ । नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाईंकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, ५ नौकुण्डको १, ४ र ५, गोसाईंकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले हालसम्म कालिका १ र उत्तरगया ५ मा जित हासिल गरेको छ । अब नौकुण्ड गाउँपालिका वडा नम्बर ६ को मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ५८ बजे