काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पुन: अग्रता बढाएकी छन् । उनले ५०३९ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५०२७ मत रहेको छ । दुईजनाबीच १२ मतको अन्तर छ ।
अहिलेसम्म १५०३१ मत गनिसकिएको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ६ : ४० बजे
प्रतिक्रिया