भोजपुर । रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थाम बहादुर राई बिजयी हुनुभएको छ । सत्ता गठबन्धन दलबाट उमेरदवार बनेका उहाँले एमालेका बलराम राईलाई हराउँदै अध्यक्ष जित्नुभएको हो ।
उहाँले ३ हजार ७७ मत पाएर अध्यक्ष जित्दा एमालेका बलरामले २ हजार ८५१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा पनि गठबन्धनबाटै काँग्रेसका वीरेन्द्र राई निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ५७७ मत ल्याइ विजय हुँदा एमालेका कमला देवी राईले २ हजार २१४ मत ल्याउनुभयो ।
यहाँका वडा नम्बर १, ३ र ४ मा माओवादी केन्द्र बिजयी भएको छ भने वडा नम्बर ५, ६, ७ र ८ मा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । वडा नम्बर २ भने स्वतन्त्र उमेरदवार राजकुमार तामाङले जित्नुभएको छ ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ५ : ०७ बजे
प्रतिक्रिया