धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारकै अग्रता 

धनगढी। धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ४५३८ मत ल्याउनु भएको छ । यस्तै प्रमुख पदमा नेपाली काँग्रेसका नृपबहादुर वडले २४२८ मत प्राप्त गर्नु भएको छ । यसैगरी उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका शान्ति अधिकारीले २१३८ मत र नेकपा एमालेका कन्दकला रानाले १९३८ मत प्राप्त गर्नु भएको छ । 

धनगढीमा अहिलेसम्म १०३२९ मतगणना भएको छ । धनगढी उपमहानगरपालिकामा ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ४२३ मत खसेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ०० बजे