तीन प्रदेशमा वर्षाको सम्भावना

निर्वाचनपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएको छ ।

एमालेका तात्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसर पारेर अध्यक्ष ओलीले मंगलवार बिहान बल्खुमा आयोजना हुने कार्यक्रममा निर्वाचनको बिषयमा आफ्नो धारणा राख्नुहुने भएको हो ।

एमालेले मदन-आश्रित स्मृति दिवसको अवसरमा मंगलवार बिहान पुरानो पार्टी कार्यालय बल्खुमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
एमालेका तात्कालिन महासचिव भण्डारी र संगठन बिभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहष्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

जनताका प्रिय नेताहरुको संझनामा एमालेले हरेक बर्षको जेठ ३ गते बिशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । एमाले महासचिव शंकर पोखरेलले दिनुभएको जानकारीअनुसार मंगलवारको स्मृतिसभामा अध्यक्ष ओलीसहित शीर्ष नेताहरुको सहभागीता रहने छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ५२ बजे