तीन प्रदेशमा वर्षाको सम्भावना

सिराहाको भगवानपुर गाउँपालिकामा एमाले विजयी

लहान  । सिराहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित चार वडाध्यक्षको पदमा नेकपा एमालेले जित हात पारेको छ। गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन्।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले ३ हजार ९६० मत पाएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी जसपाकी जिवछी देवी यादव ३ हजार २१० मतमै सीमित भइन्।

पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन्। वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ३३ बजे