तीन प्रदेशमा वर्षाको सम्भावना

पाल्पाको माथागढीमा एमाले विजयी, कांग्रेका जिल्ला सचिवले हारे

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेका उम्मेदवारहरू यम चिदी र विष्णुमाया लुङचे विजयी बन्नुभएको छ । 

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यम बहादुर चिदीले ६ हजार १ सय ९ मत प्राप्त गरी विजय हुनुभएको हो  । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष कुमार थापाले ५ हजार ५ सय ५४ मत प्राप्त गर्नुभयो  ।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकै विष्णुमाया लुङचे ५ हजार ८ सय ८२ मत सहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६ सय ४४ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसका सचिव समेत रहेका सन्तोष कुमार थापाको पराजय भएसँगै काँग्रेसका कार्यकर्ता तथा नेताहरू अन्तर्घात भएको आरोप प्रत्यारोपमा छन् ।

२०७४ सालको निर्वाचनमा माथागढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य काँग्रेसबाटै विजयी भएका थिए ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ३१ बजे