तीन प्रदेशमा वर्षाको सम्भावना

काग्रेंसको गढमा एमालेको इन्ट्री : दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका विजयसिंह धामी ४ हजार ५ सय ४४ मतका साथ विजयी हुनुभएको हो । 
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९ सय ८ मत प्राप्त गर्नुभयो । 

त्यस्तै उपमेयरमा पनि एमालेकै शान्ति खडायत विजयी हुनुभएको छ । उहाँ ४ हजार ६ सय ३५ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँकी प्रतिस्पर्धी कांग्रेसकी राजमती बमले ३ हजार ८ सय ५० मत प्राप्त गर्नुभयो । 

२०७४ को चुनावमा निर्वाचित प्रमुख अमर र उपप्रमुख राजमतिलाई हराउँदै एमालेले  मेयर र उपमेयर जित्न सफल भएको हो ।

नगरपालिका ९ वडामध्ये वडा नम्बर ६ बाहेक सबै वडामा एमाले विजयी भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : १८ बजे