तीन प्रदेशमा वर्षाको सम्भावना

भक्तपुर नगरपालिकामा नेमकिपाका प्रजापति र जोशी निर्वाचित

भक्तपुर ।  भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित हुनुभएको छ ।  उहाँहरु दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

नेमकिपाले  भक्तपुरमा आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै विजय गराएको हो ।

मेयर उम्मेदवार प्रजापतिले २९ हजार २५२ मत गर्नुभएको छ । उपमेयरमा जोशीले २९ हजार ७५९ मत प्राप्त गर्नुभयो ।

 मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४०७, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ८४१ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ९८८ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत प्राप्त गनुृभयो ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ५१ बजे