तीन प्रदेशमा वर्षाको सम्भावना

एमालेले भत्कायो जसपाको गढ, अध्यक्ष-उपाध्यक्षसहित चार वडाध्यक्ष विजयी

जनकपुरधाम – जनता समाजवादी पार्टीको गढ मानिने सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्ष नेकपा एमालेले जित हासिल गरेको छ ।

भगवानपुर गाउँपालिका अध्यक्षमा एमालेका उग्रनारायण विजयी हुनु भएको छ । उहाँले ४ हजार ३०२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी हुनु भएको छ । उहाँले ३ हजार ९६० मत पाउनु भएको छ । उहाँका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित हुनु पर्‍यो ।

पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन् । वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए ।

जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको गृह गाउँ हो भगवानपुर । यहाँ नेता यादवको राम्रो पक्कड थियो । अहिले एमालेले उनको पक्कड तोडेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ४९ बजे