तीन प्रदेशमा वर्षाको सम्भावना

संखुवासभा : खाँदबारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

संखुवासभा । खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी हुनुभएको छ ।  थपलियाले ८ हजार ३४ मत ल्याएर उहाँका  निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५५ सय ८९ मत ल्याउनु भयो ।

उपमेयर निर्वाचित बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउनुभयो ।  नेकपा माओवादी केन्द्रका दिव्य बरालले ५१ सय ४७ मत ल्याउनुभयो । ०७४ को निर्वाचनमा यहाँ मेयर र उपमेयर नै नेकपा एमालेले जितेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ३८ बजे