तीन प्रदेशमा वर्षाको सम्भावना

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा काँग्रेस   विजयी

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित हुनु भएको छ । 

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८ सय २ मत अन्तरले पराजित गर्दै काँग्रेसका हरिश चन्द्र राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो । 
निर्वाचित अध्यक्ष रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३ सय १, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७ सय ६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो । 

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २ सय २७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभयो । 
बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको छ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : २८ बजे