तीन प्रदेशमा वर्षाको सम्भावना

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी 

कास्की । कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी हुनुभएको छ । नेपाली काग्रेसकी गिमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउदै ओझा विजयी हुनुभएको हो । 

ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ भने गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो ।  त्यसै गरी एमालेकै लालसुब्बा गुरुङ विजयी हुनुभएको छ ।े नेपाली काग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मत अन्तरले हराउँदै विजय हाशिल गर्नुभएको छ । 

लालसुब्बाले ५ हजार ३ सय ३२ मत प्राप्त गर्नुभयो भने नारायण श्रेष्ठल ४ हजार १ सय ५३ मत प्राप्त गर्नुभयो । 
रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : २१ बजे