तीन प्रदेशमा वर्षाको सम्भावना

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

खलङ्गा । जुम्लाको कनकासुन्दरी  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर  विजयी हुनुभएको हो  ।

 उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले  दुई हजार ५६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँका आठस्थानीय तहमध्ये सबैभन्दा पहिलो मतगणना कनकासुन्दरीको  भएको हो । स्थानीय तह २०७४ को निर्वाचनमा पनि उक्त पालिकामा कांग्रेस विजयी भएको थियो ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : ४७ बजे