तीन प्रदेशमा वर्षाको सम्भावना

सूर्यविनायक २ मा कांग्रेसको प्यानल विजयी

भक्तपुर। सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री हुनुहुन्छ । 

सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम मत परिणाम आउँदासम्म नगर प्रमुखमा कांग्रेसका उम्मेदवार निशान ढुङ्गेलले अग्रता लिइरहनुभएको छ भने उपप्रमुखमा नेकपा (एमाले)की सरिता भट्टराईले अग्रता लिनुभएको छ । वडा नं ३ को मतगणना जारी रहेको छ । 

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले वडा नं १, २, ३, ४, ५ र ६ मा विजय हासिल गरेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकामा एमालेको उम्मेदवारले अग्रता लिनुभएको छ ।  चाँगुनारायण –२ मा  कांग्रेसका उम्मेदवार सोम प्रधान, सदस्यमा प्रेम खत्री, राधादेवी माकजु, सीता मिजार विजयी हुनुभएको छ । एक सदस्यमा भने एमालेका उमेश प्रधान विजयी हुनुभएको छ ।

 चाँगुनारायण–३ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा श्यामसुन्दर धिमाल, सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, शिवराम सुलु, महिलामा दलितमा रमा थापा, सुष्मा सुनुवार विजयी हुनु भएको छ । त्यस्तै मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ । उप्रमुखमा भने एमालेकी उम्मेदवार उत्तरा नेपालले अग्रता लिइरहनुभएको छ । 

मध्यपुरथिमि  ३ मा  कांग्रेसले विजयी हासिल गरेको छ । यस वडामा कांग्रेसका अध्यक्ष कृष्णहरि आचार्य, सदस्यमा गणेशमान कुटु, महिला सदस्य विनु केसी, दलित महिला निर्मला परियार र अर्का सदस्यमा एमालेको उम्मेदवार रवीन्द्रनाथ न्यौपाने विजयी हुनुभएको छ ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ०० बजे