ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।
पछिल्लो विवरणअनुसार, काँग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले दुई हजार ३८ मत पाउनुभएको छ ।
उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाउनुभएको छ ।
महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिवार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ ।
वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तुण्डकार विजयी हुनुभएको छ । उहाँले ६६१ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ध्रुव तुण्डकारले ४२५ मत प्राप्त भएको थियो ।
प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १० : १७ बजे
प्रतिक्रिया