तीन प्रदेशमा वर्षाको सम्भावना

ताप्लेजुङको फक्ताङलुङमा माओवादी र ऐसेलुखर्कमा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङका दुई वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । ऐसेलुखर्क गाउँपालिकामा एमाले । फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको हो  ।

ऐसेलुखर्क गाउँपालिका:  ऐसेलुखर्क गाउँपालिकामा नेकपा एमालेका गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी हुनुभएको । गठबन्धनबाट उठ्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको हो। उपाध्यक्षमा गठबन्धनका तर्फबाट उठेका काँग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ  । 

फक्ताङलुङ गाउँपालिका: अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू 'मुक्ति' विजयी हुनुभएको छ ।  बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याइ विजयी हुनुभएको हो ।

उहाँ निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बन्नुभएको हो। पराजित सरोजले २ हजार ३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ ।

उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै काँग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित हुनुभएको छ  । उहाँका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याउनुभयो ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ०६ बजे