तीन प्रदेशमा वर्षाको सम्भावना

गोसाईंकुण्ड गाउँपालिका ५ मा एमाले प्यानल नै विजयी

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए । 

रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ४४ बजे