स्याङ्जाको हरिनाश गाउँपालिकामा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

स्याङ्जा  । स्याङ्जाको हरिनाश गाउँपालिकामा एमालेले जितेको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खिम नारायण मानन्धर विजयी हुनुभएको हो ।  उहाँले नेपाली काँग्रेसका टोप बहादुर भुजेललाई ३७ मतले पराजित गर्नुभएको छ ।

मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी टोप बहादुर भुजेलले ४ हजार ७ सय ३२ मत पाउनुभएको छ् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै इन्द्रा कुमारी थापा राना विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।  

एमालेकी इन्द्रा कुमारी रानाले ४ हजार ७ सय ४० मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी मिठु लम्सालले ४ हजार ७ सय १६ मत पाउनुभएको छ् । हरिनाश गाउँपालिकामा एमालेले ४ वटा वडामा जीत हासिल गरेको छ । गाउँपालिकाको वडा नं. ३,४,६ र ७ गरी चार वटा वडाहरूमा एमालेबाट वडा अध्यक्ष पदका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् भने वडा नं.१,२ र ५ गठबन्धनले जीतेको छ  । हरिनाश गाउँपालिकामा १४ हजार ८ सय १९ जना मतदाता रहेकोमा ९ हजार ८ सय १३ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ५१ बजे