तीन प्रदेशमा वर्षाको सम्भावना

हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता

हेटाैंडा – हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।

आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन् । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा छन् । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

मकवानपुरको १०२ वटा वडा मध्ये हालसम्म विजयी वडाअध्यक्षहरु:
थाहा–१ मा माओवादी केन्द्रका हेरमान गोपालीको प्यानल विजयी
थाहा–२ मा माओवादी केन्द्रका बमबहादुर सिंतानको प्यानल विजयी
थाहा–३ मा माओवादी केन्द्रका हिरेन्द्र कुमार रायमाझी विजयी 

इन्द्रसरोवर–१, मा कांग्रेसका सुवास थापा विजयी 
इन्द्रसरोवर–२, मा कांग्रेसका सुमन श्रेष्ठको विजयी 
इन्द्रसरोबर–३, मा एमालेका प्रताप भोम्जन विजयी

भीमफेदी–१ मा कांग्रेसका सोम बहादुर स्याङ्तान बिजयी
भिमफेदी–२ मा एमालेका कासिराम बज्यु बिजयी
भिमफेदी–३ मा माओवादी केन्द्रका प्रीतिलाल तितुङ विजयी
भिमफेदी–४ मा एमालेका सागर पाण्डे बिजयी
भिमफेदी–५ मा एमालेका जाहार सिं लामा बिजयी
भिमफेदी–६ मा कांग्रेसका सोम बहादुर घलान विजयी

मकवानपुरगढी–१ मा नेपाली कांग्रेसका आईत सिं लो विजयी
मकवानपुरगढी–८ मा नेपाली कांग्रेसका कुमार घिसिङ विजयी

कैलाश–१ मा कांग्रेसका तेज बहादुर ब्लोन विजयी
कैलाश–३ मा माओवादीका देवला बल विजयी
कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोन बिजयी

बकैया – १ मा माओवादी केन्द्रका आशिष तितुङ विजयी
बकैया – २ मा माओवादी केन्द्रका विश्वराज स्याङतान
बकैया – ११ मा कांग्रेसका गोपाल बहादुर नेसुर विजयी

मनहरी –१ मा नेपाली काँग्रेसका शिव प्रसाद खनाल विजयी
मनहरी–२ मा राजकुमार नेकपा माओवादीका पाख्रीन विजयी

राक्सिराङ–१ मा नेकपा एमालेका बाबीराम मुक्तान विजयी
राक्सिराङ–२ मा कांग्रेसका बुद्धराम मुक्तान विजयी

बागमती–१ मा माओवादी केन्द्रका यहुन्ना राई विजयी

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ४७ बजे