तीन प्रदेशमा वर्षाको सम्भावना

सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा कांग्रेसको अग्रता

सप्तरी।  सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ ।

भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले ४६८ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मधुकरप्रसाद चौधरीले ३४८ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा एमालेका रवीन्द्रनाथ चौधरी र नवराज अधिकारी तथा महिला सदस्यमा पानोकुमारी राजधानी र दलित महिला सदस्यमा रामसतीदेवी राम विजयी हुनुभएको छ् । उक्त वडामा एमाले, कांग्रेस, माओवादी र राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सप्तकोसी नगरपालिका–१ मा एमालेलाई पराजित गरी कांग्रेसले प्यानलसहित जित हासिल गरेको थियो । 

यसैगरी पछिल्लो मतपरिणामअनुसार नगरप्रमुखमा कांग्रेसका कृष्णप्रसाद ढकालले एक हजार ४२७ मत ल्याएर अग्रता कायम गरेको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका उत्तमकुमार शर्माको ८९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी चौधरीले एक हजार १२१ र एमालेकी सङ्गिता चौधरीले ९०० मत प्राप्त गर्नुभएको छ । 

सप्तकोसी नगरपालिकामा कूल १५ हजार ४२१ मत खसेको छ । वडा नं २ मा जम्मा एक हजार २४७ मत खसेको थियो । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ३१ बजे