दार्चुलाको नौगाड  गाउँपालिकामा गठबन्धन (माओवादी केन्द्र)  विजयी

दार्चुला  । दार्चुलाको  नौगाड गाउँपालिकामा गठबन्धन विजयी भएको छ । नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका  दलजीत सिंह धामी   विजयी हुनुभएको छ । 

धामी   ३ हजार ५ सय ८९ मतका साथ विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम सिंह धामी   ३ हजार १  सय ९१ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका जगत ठगुन्ना    ३ हजार ७ सय ६७ मत सहित  विजयी भएका छन्  भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी  गौरी देवी  ठगुन्ना २ हजार ८ सय  ६७  मत प्राप्त गरेकी छन्  । ६ वडा रहेको  गाउँपालिकामा  वडा नम्बर  २, ४र ५ नेकपा एमाले तथा १,३ र ६  गठबन्धनका उम्मेदवार विजयी भएको  नौगाड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी धामी निवर्तमान नौगाड गाउँपालिकाका निवर्तमान अध्यक्ष  तथा नेकपा एमाले दार्चुलाका अध्यक्ष समेत हुन । अध्यक्षका दुवै जना उम्मेदवार २०७४ सालको स्थानीय तह निर्वाचनका समेत प्रतिस्पर्धी हुन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ०८ बजे